बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो आबद्ध नसर सुपर कपको सेमिफाइनलबाट बाहिरियो

शुक्रबार, १३ माघ २०७९, ०९ : १९
शुक्रबार, १३ माघ २०७९

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो ।

रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २–० गोल अन्तरले पछि परेको थियो । खेलको १५औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५३औं मिनेटमा अब्देराजाक हाम्दाल्लाहले गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे ।

खेलको ४७ औं मिनेटमा नसरका लागि टालिस्काले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा महन्नद अल शानक्विटीले इतिहादका लागि गोल गर्दै टिमलाई ३­–० गोल अन्तरले जित दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप