शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप : गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो

शुक्रबार, १३ माघ २०७९, १३ : २५
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमण्ड तेस्रो स्थान प्राप्त गरेको छ । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई साझो सेटमा पराजित गरेको हो । पोखरा रंगशालाको कभर्ड हलमा डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो ।

तेस्रो भएको डायमण्डले १२५ हजार प्राप्त गरेको छ । चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो । महिलातर्फको फाइनल शनिबार हुनेछ । उपाधिका लागि एपीएफ र आर्मी भिड्ने छन् । शुक्रबार नै पुरुषतर्फ सेमिफाइनलका दुई खेल हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप