शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता र राहदानी बनाउन बिचौलिया, २ जना पक्राउ

शनिबार, १४ माघ २०७९, १६ : ३२
शनिबार, १४ माघ २०७९

धनुषा । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई सोही कार्यालयका कर्मचारीहरूसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनी प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी बिचौलियाको काम गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रवीण कुमार झालाई जनकपुर उपमहानगरपालिका-१४ स्थित यातायात कार्यालयबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई सोही कार्यालयका कर्मचारीहरूसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रुपैयाँ रकम लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप