नागरिकता र राहदानी बनाउन बिचौलिया, २ जना पक्राउ
धनुषा । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई सोही कार्यालयका कर्मचारीहरूसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनी प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी बिचौलियाको काम गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रवीण कुमार झालाई जनकपुर उपमहानगरपालिका-१४ स्थित यातायात कार्यालयबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई सोही कार्यालयका कर्मचारीहरूसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रुपैयाँ रकम लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण