धनकुटा महोत्सवको भीडमा च्यापिएर १३ जना घाइते, दुईको अवस्था गम्भीर
विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर कम्तिमा १३ जना मानिस घाइते भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार घटनामा दुई जना गम्भीर घाइते रहेका छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
आज महोत्सवमा गायक प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । खरेल आउने भएपछि धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्यधिक भीड लागेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्यधिक भीड भएपछि नै उक्त घटना भएको जानकारी दिए ।

पूर्व प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर मानिसहरु घाइते भएका हुन् । उनका अनुसार घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । गम्भीर घाइते बाहेकको धनकुटा अस्पतालमै उपचार भइरहेको छ । मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण