शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

धनकुटा महोत्सवको भीडमा च्यापिएर १३ जना घाइते, दुईको अवस्था गम्भीर

शनिबार, १४ माघ २०७९, २१ : ४३
शनिबार, १४ माघ २०७९

विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर कम्तिमा १३ जना मानिस घाइते भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार घटनामा दुई जना गम्भीर घाइते रहेका छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

आज महोत्सवमा गायक प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । खरेल आउने भएपछि धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्यधिक भीड लागेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्यधिक भीड भएपछि नै उक्त घटना भएको जानकारी दिए ।

dhankuta mahotsab

पूर्व प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर मानिसहरु घाइते भएका हुन् । उनका अनुसार घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । गम्भीर घाइते बाहेकको धनकुटा अस्पतालमै उपचार भइरहेको छ । मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप