आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति सुदुरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सुलागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण