युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा
कासिमिरोको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रिडीङलाई ३–१ गोल अन्तरले हराउँदै युनाइटेड पाँचौँ चरणमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरोले दुई गोल गरे ।त्यस्तै फ्रेडले एक गोल गरे । यता रिडीङका लागि अमाडउ बेनग्यूले एक गोल फर्काए । कासिमिरोले खेलको ५४ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औँ मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ६५ औँ मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो ।
फ्रेडले खेलको ६६ औँ मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । यता रिडीङका लागि खेलको ७२औँ मिनेटमा अमाडोउ सालिफले एक गोल फर्काए पनि युनाइटेडले ३–१ गोलको जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण