शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मार्टिनेज चम्कँदा इन्टरको पुनरागमन जित

आइतबार, १५ माघ २०७९, ०८ : ५३
आइतबार, १५ माघ २०७९

लाउटारो मार्टिनेज चम्कँदा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजमाथि २–१ को जित हात पारेको हो ।

क्रेमोनीजले खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेको गोलबाट अग्रता बनाएको थियो । इन्टरका लागि लाउटरो मार्टिनेजले खेलको २१औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । जितसँगै इन्टर २० खेलमा ४० अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित क्रेमीनीज ८ अंक जोडेर पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप