मार्टिनेज चम्कँदा इन्टरको पुनरागमन जित
आइतबार, १५ माघ २०७९, ०८ : ५३
लाउटारो मार्टिनेज चम्कँदा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजमाथि २–१ को जित हात पारेको हो ।
क्रेमोनीजले खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेको गोलबाट अग्रता बनाएको थियो । इन्टरका लागि लाउटरो मार्टिनेजले खेलको २१औं मिनेटमा बराबरी गोल फर्काए ।
खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । जितसँगै इन्टर २० खेलमा ४० अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित क्रेमीनीज ८ अंक जोडेर पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण