मकर जितुमाया हाइड्रोपावरले खुलायो आईपीओ
काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावारले जारी पूँजी ७६ करोडको १० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको छ । १०० रुपैयाँ अंकित ७ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।
यो आईपीओमा दोलखाका गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ५२ हजार कित्ता सेयर छुट्याइएको छ । यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउनेछन् । दोलखा जिल्लामा ६.४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाइरहेको छ । यो आयोजनाको कूल लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ आंकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण