मकर जितुमाया हाइड्रोपावरले खुलायो आईपीओ

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावारले जारी पूँजी ७६ करोडको १० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको छ । १०० रुपैयाँ अंकित ७ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।
यो आईपीओमा दोलखाका गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ५२ हजार कित्ता सेयर छुट्याइएको छ । यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउनेछन् । दोलखा जिल्लामा ६.४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाइरहेको छ । यो आयोजनाको कूल लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ आंकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु