राजधानीमा नक्कली मदिराको कारोबार : प्रहरीले यसरी गर्यो अवैध धन्दाको पर्दाफास
काठमाडौँ । केही दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना आयो । यस्तो कारोबार पहिले पनि हुने गरेकोबारे जानकार रहेको प्रहरीले लगत्तै गम्भीरताका साथ अनुसन्धान प्रक्रियालाई अघि बढाउने निर्णय गर्यो ।
जसअनुसार अपराध अनुसन्धान कार्यालयबाट खटाइएको टोलीले माघ १३ गते ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलस्थित निरज उप्रेतीले संचालन गरेको नेक्स्ट टेस्ट लिक्वायर स्टोरमा छापा हान्यो । सो स्टोरमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पर्यो भने प्रहरीले अनुसन्धानलाई अघि बढाउँदा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीको विभिन्न स्थानहरुमा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने गरिएको खुल्यो ।
कार्यालयका एसएसपी डा मनोज केसीले कारखानाबाट नक्कली मदिराहरू र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारिएको जानकारी दिए ।
_WvpFHhnb3o.jpg)
सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा काठमाडौँको मित्रनगरस्थित धर्मी गौडेलले संचालन गरेको एसटी लिक्वियर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्राण्डका मदिरा भेटिएको प्रहरीले जनाएको छ ।
डा केसीका अनुसार बेचविखनका लागि राखिएको मदिरासहित धर्मी गौडेल, निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरेर अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकामध्ये राना मगर कारखाना सञ्चालकमध्येका एक हुन् ।
प्रहरीका अनुसार सानासहित विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि ओली, मनोज खत्री, गौरब तामाङ, गोपिकृष्ण श्रेष्ठ समेतले जस्ताको टहरा भाडामा लिएर नक्कली मदिरा बनाएर कालोबजारी गरेको खुलेको छ ।
नक्कली मदिरालाई स्टोरहरुमार्फत प्रचलित दरभाउ भन्दा कम मूल्यमा बेच्ने गरेको खुलेको प्रहरीको भनाइ छ । स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन उक्त नक्कली मदिराहरु बनाउने तथा कालोबजारी गर्ने कसुरमा विनोद कार्की, गोपाल पुन मगर र गौरव तामाङ फरार भएपनि अन्य प्रतिवादीहरु भने पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
अरु अभियुक्तहरु गत भदौ ८ गते नै सोही खालको कसुरमा पक्राउ परेका थिए ।
प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रस्लान् भोड्का १३२ बोतल बरामद गरेको छ । यस्तै प्रहरीले डबल ब्ल्याक, लेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण