शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माघ तेस्रो साताबाट सम्झना कप टेबल टेनिस प्रतियोगिता हुने

आइतबार, १५ माघ २०७९, १७ : ०५
आइतबार, १५ माघ २०७९

काठमाडौँ । पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ । ललितपुर टेबल टेनिस क्लबले आईतवार पत्रकार सम्मेलन गरेर पाँचौं सम्झाना कप टेबल टेनिस प्रतियोगिता माघ १७ देखि २१ सम्म आयोजना हुने जनाएको हो । प्रतियोगितामा विभिन्न देशका खेलाडीले समेत सहभागिता जनाउने आयोजकले जानकारी दियो । आयोजकका अनुसार प्रतियोगितामा नेपाली खेलाडीका अलावा भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक÷एक खेलाडीले भाग लिनेछन् । 

पाँच दिनसम्म चल्ने प्रयितोगितामा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स टिम, वुमेन्स टिम, मेन्स भेट्रान (४० वर्ष माथि), वुमेन्स भेट्रान (४० वर्ष माथि) र मेन्स भेट्रान सिंगल (५५ वर्ष माथि) गरी कुल सात विधामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ कुल २ सय तथा महिलातर्फ ५६ खेलाडीको सहभागिता रहनेछ ।   प्रतियोगितामा मेन्स सिंगल तथा वुमन्स सिंगलको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  मेन्स टिम तथा वुमेन्स टिमतर्फको विजयीले पनि यही पुरस्कार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । यसैगरी भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइन्लबाट बाहिरिने दुई खेलाडीलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

मुख्य प्रायोजकका रुपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ । यसमा लाग्ने सम्पूर्ण खेल सामग्रीको प्रायोजन नेपालका लागि डबल हेपिनेसको अधिकारिक बिक्रेता चाइना ट्रेड लिंक लि निङले गर्नेछ । चाइना ट्रेड लिंकको लि निङले पनि प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कारको व्यवस्था गरेको छ । आइतबार एक कार्यक्रममाझ चाइना ट्रेड लिंक प्रालिका प्रवन्ध निर्देशक राजेन महर्जन र क्लबका अध्यक्ष उदीप जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप