फेसबुकमार्फत प्रेम सम्बन्ध, त्यसपछि अश्लील भिडियो बनाउँदा पक्राउ
आइतबार, १५ माघ २०७९, १७ : ५३
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमार्फत पीडित महिलासँग चिनजान गरेर प्रेमसम्बन्धपछि शारीरिक सम्पर्क गरेर भिडियो बनाइ त्यसलाई दुरुपयोग गर्ने दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अश्लील फोटो तथा भिडियो पीडितको साथीको फेसवुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दुःख, , हैरानी दिने गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही आधारमा साइबर अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
उनीविरुद्ध आज ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण