इरानको सैन्य केन्द्रमा ड्रोन आक्रमण
तेहरान । इरानको मध्य सहर इस्फाहानमा रहेको एक सैन्य प्लान्टमा ड्रोन आक्रमण भएको सीएनएनले आइतबार जनाएको छ ।
रक्षा मन्त्रालयसँग सम्बन्धित एउटा सैन्य केन्द्रमा विस्फोट भएको इस्फाहान प्रान्तका सुरक्षा उपप्रमुख मोहम्मद रेजा जान–नेसारीले इरानी समाचार संस्था फार्स न्यूज एजेन्सीलाई बताए ।
विष्फोटबाट केन्द्रका भौतिक संरचनामा केही क्षति भएपनि मानवीय क्षति भने नभएको बताइएको छ ।
इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले उक्त विस्फोट ‘साना ड्रोन’का कारण भएको जनाएको छ ।
रक्षा मन्त्रालयको औद्योगिक परिसरमा साना ड्रोनले असफल आक्रमण गरिएको इरानी समाचार संस्था (आइआरएनए)ले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ट्वीटरमा लेखेको छ ।
“केन्द्रको एयर डिफेन्स सिस्टमले दुईवटा ड्रोन नष्ट गर्न सफल भएको र यो असफल आक्रमणमा मानवीय क्षति भएको छैन ।
इरानको रक्षा मन्त्रालयका अनुसार स्थानीय समयअनुसार शनिबार राति १०ः३० बजे आक्रमण भएको हो । यो सैन्य प्लान्ट तेहरानबाट करिब ४४० किलोमिटर दक्षिणमा रहेको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण