मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको सैन्य केन्द्रमा ड्रोन आक्रमण

आइतबार, १५ माघ २०७९, २१ : ३७
आइतबार, १५ माघ २०७९

तेहरान । इरानको मध्य सहर इस्फाहानमा रहेको एक सैन्य प्लान्टमा ड्रोन आक्रमण भएको सीएनएनले आइतबार जनाएको छ ।

रक्षा मन्त्रालयसँग सम्बन्धित एउटा सैन्य केन्द्रमा विस्फोट भएको इस्फाहान प्रान्तका सुरक्षा उपप्रमुख मोहम्मद रेजा जान–नेसारीले इरानी समाचार संस्था फार्स न्यूज एजेन्सीलाई बताए । 

विष्फोटबाट केन्द्रका भौतिक संरचनामा केही क्षति भएपनि मानवीय क्षति भने नभएको बताइएको छ ।

इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले उक्त विस्फोट ‘साना ड्रोन’का कारण भएको जनाएको छ ।

रक्षा मन्त्रालयको औद्योगिक परिसरमा साना ड्रोनले असफल आक्रमण गरिएको इरानी समाचार संस्था (आइआरएनए)ले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ट्वीटरमा लेखेको छ ।

“केन्द्रको एयर डिफेन्स सिस्टमले दुईवटा ड्रोन नष्ट गर्न सफल भएको र यो असफल आक्रमणमा मानवीय क्षति भएको छैन । 

इरानको रक्षा मन्त्रालयका अनुसार स्थानीय समयअनुसार शनिबार राति १०ः३० बजे आक्रमण भएको हो । यो सैन्य प्लान्ट तेहरानबाट करिब ४४० किलोमिटर दक्षिणमा रहेको छ । (रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप