अझै टुङ्गो लागेन सभामुखको सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो ।
माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सरेका छैनन् । सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचन अगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन । “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन । सभामुख पनि गृह जिल्ला गएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो ।
सचिवालयका अनुसार घिमिरेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रयोग गर्नुभएको लैनचौरको निवासमा जान अनिच्छा गरेका छन् । बालुवाटारमा रहेको सभामुख निवास भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गरिरहेका छन् । अध्यक्षको भवनमा भने यसअघि मन्त्रिपरिषद् कार्यालय पुनर्निर्माणका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बनाइएको थियो। उक्त समय प्रतिनिधि सभा सभामुखविहीन रहेकाले अध्यक्ष तिमिल्सिनाले भवन प्रयोग गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण