प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल
सोमबार, १६ माघ २०७९, १२ : ०४
सिन्धुपाल्चोक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् । मन्त्री भएपछि पहिलोपटक आइतबार सिन्धुपाल्चोक आएका उनले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यामिक विद्यालयमा लागू गर्ने बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवाको श्री डडुवा भवानी शङ्कर माध्यामिक विद्यालयको ६२ औंँ वार्षिकोत्सवका बोल्दै मन्त्री दुलालले विद्यार्थीको स्वास्थ्यका लागि कार्यक्रम आवश्यक भएको बताए ।
आफू सामाजिक विकासमन्त्री हुँदा कार्यक्रम सुरुआत गरिएको भन्दै उनले यसले आगामी आर्थिक वर्षको प्रादेशिक नीति तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यामिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण