अनेरास्ववियुको महाधिवेशन तयारीका लागि जनपरिचालन कमिटी गठन
काठमाडौँ । नेकपा (एमाले) को भातृसङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न २३ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय परिचालन कमिटी गठन गरेको छ । सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालको अध्यक्षता आज काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको हो ।
समितिमा केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनवटै जिल्ला कमिटी र उपत्यकाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस कमिटीका अध्यक्ष छन् ।
सङ्गठनले मुलुकका सबै क्याम्पस, जिल्लाका मुख्य सहर र प्रदेश राजधानीमा ब्यानरसहित प्रचारका लागि विशेष सर्कुलर जारी गरेको अनेरास्ववियुका प्रचार विभागका सचिव नवराज ढकालले जानकारी दिएका दिए । प्रचार विभाग प्रमुख नरेश रोकायाका अनुसार एक हजार सात सय प्रतिनिधिको उपस्तिथिमा अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ मा काठमाडौँमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण