समाचार
माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्यो
मङ्गलबार, १७ माघ २०७९, ११ : ३६
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक डेढ घण्टा पछि सरेको छ । बिहान ११ बजे बोलाएको पदाधिकारी बैठक साढे १२ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताएका हुन् । प्रधानमन्त्री व्यस्त भएकाले केही समय बैठक सारिएको ढकालले बताए ।
आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपतिको चुनावसम्म मन्त्रालय आफूसँगै राख्ने पक्षमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान