स्याङ्जामा एक समूहले गर्यो एकैरात १३ ठाउँमा चोरी
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा चोरी भएको छ । उक्त वडाको २ किलोमिटर आसपासमा १३ ठाउँमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए ।
‘गएराति श्रृंखलाबद्ध रुपमा चोरी भएको हो । वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य १३ ठाउँमा चोरीको प्रयास भएपनि ८ ठाउँमा चोरी गरिएको छ,’ डीएसपी अधिकारीले भने ।
पञ्चमूल, सिरुबारी र धारु गाउँमा चोरी भएको उनको भनाइ छ । ‘व्यक्तिको घरबाट साढे १० तोला सुन चोरी भएको छ । एउटै घरबाट १० चोला सुन र नगद कुल ३ लाख ४० हजार चारी भएको हो,’ डीएसपी अधिकारीले भने ।
वडा कार्यालयबाट २÷३ हजार पनि चोरी भएको उनले बताए । उनका अनुसार चोरी गर्ने व्यक्ति नभई समूह रहेको अनुसन्धानबाट खुलेको छ । चोरी गर्ने व्यक्तिले सहकारीको सीसीटीभी फुटेजको हार्डड्राइभ पनि खुलेको छ । गाउँका धेरै घरमा चोर्ने प्रयास भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण