भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा युवक पक्राउ
मङ्गलबार, १७ माघ २०७९, १६ : ०१
झापा । भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ परेका छन् । सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको ती युवकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।
भद्रपुर–१० आदर्श टोल बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्माको साथबाट डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक वसन्त पाठकले जानकारी दिए । विकलाई साइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण