सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढी युवालाई रोजगारी
विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् ।
अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।
एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्ला हिमालहरुको नाममा पेभिलियन राखिएको जनाइएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्गमा एक्स्पो हुन लागेको हो । एक्स्पोलाई ऐतिहाँसिक बनाउने उद्देश्यका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ ।
माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सयजना बढी युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए ।
उनीहरुलाई आवेदनका आधारमा नियुक्त गरी एक्स्पोको सचिवालयदेखि स्टलहरुमा परिचालन गरिएको जनाइएको छ ।
एक्स्पोलाई व्यवस्थित बनाउन थप संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी रहेको शर्माले जानकारी दिए । करिब ४०० वटा वस्तु तथा सेवा उत्पादकहरुले आफ्ना उत्पादनको प्रदर्शन र विक्री वितरणका लागि स्टल बुकिङ गरिसकेका छन् ।
एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिने तयारी भइरहेको छ । त्यसका साथै थारु जातीको सांस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिने जनाइएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माणको काम जारी रहेको छ ।
टिकटको विक्री वितरणलाई सहज बनाउन सकेसम्म अनलाइन गेटवे ‘खल्ती’ वालेट प्रयोग गर्न सीएनआईले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण