‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत
झापा । स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ) अर्पण शर्मासहित तीन फरक विधाका प्रतिभालाई लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाले पुरस्कृत गरेको छ ।
सामाजिक क्षेत्रमा प्रेरक व्यक्तित्वलाई विगत चार वर्षदेखि प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गर्दैै आएको छ । आज सम्मानित हुनेमा मेमोरी किङ अर्पण शर्मा, असल गृहिणीका रुपमा दुर्गादेवी काफ्ले र उत्कृष्ट कृषक मञ्जुल मेचे छन् ।
प्रतिष्ठानले रु १० लाखको अक्षयकोष नै स्थापना गरेर प्रत्येक वर्ष अग्र्यानिक तथा व्यावसायिक तरकारी खेती गर्दै आएका जिल्लाकै उत्कृष्ट किसान, ज्येष्ठ नागरिकको हेरचाह गर्ने असल गृहिणी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल व्यक्तिलाई पुरस्कृत गर्दै आएको संस्थाका अध्यक्ष हरिचरण बानियाँले बताए ।
पुरस्कृत तीन जनालाई मेची नगरनगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगद रु ३१ हजारसहित सम्मान गरे । कार्यक्रममा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णु प्रसाई, सम्मानित शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवी शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण