अनेरास्ववियुले गर्यो जनक शिक्षा घेराउ
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ । सानोठिमी भक्तपुरस्थित केन्द्रको कार्यालयमा पुगेर अनेरास्ववियुले घेराउ गर्नुका साथै प्रदर्शन गरेको हो । उनीहरूले केन्द्रका प्रबन्ध निर्देशकको राजीनामा माग गरेका छन् । जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्था धरासायी भएको भन्दै उनीहरूले राजीनामा माग गरेका छन् । साथै केन्द्रभित्र भ्रष्टाचार भइरहेको भन्दै त्यसको छानविन गर्न समेत माग गरे । प्रदर्शन गर्न पुगेका उनीहरूले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेका थिए । त्यही क्रममा प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई बाहिर निकालेको थियो ।
अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षाले पाठ्यपुस्तक छाप्न नसक्ने तर निजीले छाप्न सक्ने भन्ने कुरामा नै त्यहाँभित्र कमिसन र भ्रष्टाचार भएको बताए । सरकारले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा अनेरास्ववियुले आन्दोलन गर्दै आएको छ । भ्रष्ट र कमिसनमा गरिएको निर्णय तुरुन्तै फिर्ता गर्नुपर्ने अनेरास्ववियुको माग छ । ठुला नेता, मन्त्री, प्रधानमन्त्रीलाई प्रभावमा पारेर गरेको निर्णयमा कमिसनको चलखेल रहेको उनको भनाई छ । जनक शिक्षाबाटै पाठ्यपुस्तक छापेर समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने अनेरास्ववियुको माग छ ।
अनेरास्ववियुले ४५ मिनेट धर्ना दिएर कोणसभा गर्दै कार्यक्रममा गरेको थियो । केन्द्रका प्रबन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिएको उनको आरोप छ । भ्रष्टाचारमा मुछिएकाहरूलाई सरकारले कारबाही नगरे आफूहरू सशक्त आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण