शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
सिंहदरबारलाई गिज्याउने १५ तस्बिर
फोटोफिचर

सिंहदरबारलाई गिज्याउने १५ तस्बिर

बुधबार, १८ माघ २०७९

काठमाडौँ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार । त्यही सिंहदरबार भएर नेतादेखि सर्वसाधारणसम्मको आउजाउ हुन्छ । तर, सिंहदरबार परिसरमा यस्तो दृश्य देखिएको छ, जसले देशको प्रमुख प्रशासनिक निकाय सिंहदारलाई गिज्याइरहेको भुक्तभोगीहरू बताउँछन् । 

पछिल्लो दिनमा सिंहदरबारको  पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । तर, ढलको व्यवस्थापन गर्न हालसम्म सरोकारवाला निकायले चासो दिएको  पाइएको छैन । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायात साधनसमेत प्रभावित हुने गरेका छन् । 

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री समेतले सास्ती व्यहोर्नु परेको छ । पूर्वी गेट वरपरका स्थानीयहरू समेत ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् । सो बाटो भएर आउजाउ गरिरहेका एक पैदलयात्रु भन्दै थिए–सरकारको कार्यशैली यहाँ राम्ररी झल्कियो !’

हेर्नुहोस् सिंहदरबारलाई गिज्याइरहेको १५ तस्बिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया