अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला काथ्रिन पोलिटले शिष्टाचार भेट गरेकी छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सदियौंदेखिको सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको छ ।
भेटमा राजदूत पोलिटले वर्तमान सरकार र सत्ता साझेदारमध्ये सबैभन्दा ठुलो दल एमालेको प्राथमिकताका विषयका बारेमा जिज्ञासा राखेकी थिइन् ।
त्यस अवसरमा अध्यक्ष ओलीले वर्तमान सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा अगाडि बढ्ने जानकारी गराउँदै देशको विकास, सुशासन र जनताको जीवनस्तर उठाउने विषय वर्तमान सरकार र आफ्नो पार्टीका प्राथमिकताका विषय भएको बताएका छन् ।
अध्यक्ष ओलीले न्यूनतम साझा कार्यक्रममा ती विषयहरू रहेको बताउँदै कार्यान्वयनका लागि राजनीतिक स्थायित्वमा आफूहरूको जोड रहेको जानकारी गराए ।
अध्यक्ष ओलीले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुईसय वर्ष अघिदेखिको सम्बन्ध र आपसी सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विषयहरू स्मरण गर्दै बेलायतले विगतमा नेपालको शिक्षा, आर्थिक विकास र पूर्वाधार क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका छन् ।
भेटमा ब्रिटिस गोर्खा सैनिकका विषयमा पनि कुराकानी भएको अध्यक्ष ओलीको साथमा रहेकी एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्यले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण