शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापतिले एकलौटी विभाग गठन गरेको आरोप

बिहीबार, १९ माघ २०७९, ११ : ५२
बिहीबार, १९ माघ २०७९

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रुपमा विभागहरुमा मनोनयन गरेको आरोप लागेको छ । सभापति पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू मनोनित गर्दा सल्लाह नगरी आफू अनुकल गरेको आरोप लागेको हो । 

प्रदेश सदस्य मोती भण्डारीले आफू जस्तै धेरै प्रदेश सदस्यहरु असन्तुष्ट रहेको रातोपाटीलाई बताए  । उनले विगतमा पनि सभापतिले स्थानीय तह देखि प्रदेशको टिकट वितरणमा एकलौटी गरेको आरोप लगाउँदै अहिले पनि सोही गलत प्रवृत्ति दोहोरिएको बताए । 

लुम्बिनी प्रदेशमा अनुसार ३४ वटा विभाग गठन गर्न  मिल्ने छ। त्यसमा २१ विभाग गठन भइसकेपनि १३ विभागले भने पूर्णता पाउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप