शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट

बिहीबार, १९ माघ २०७९, १२ : १२
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ । दर्शनले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ आज बाँडफाँट गरेको हो । कम्पनीले बिक्री खुलाएकोभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा माध्यमद्वारा अधिकतम १० कित्ताका दरले बाँडफाँट गरिएको हो । आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

उक्त आवेदकहरुले १ करोड ६६ लाख ७० हजार कित्ताभन्दा बढीका लागि आवेदन दिएका थिए । त्यसमध्ये ८ हजारको आवेदन रद्द भएको थियो । १४ लाख ६५ हजार ७६३ जना आवेदकमध्येबाट १८ हजार ६४० आवेदकले सेयर पाएका छन् । उनीहरुले प्रतिव्यक्ति १० कित्ताका दरले ८ करोड ९६ लाख ४०० रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता सेयर पाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप