एक कप चिया नखाएर बीमा गर्न अध्यक्ष मिश्रको आग्रह
धनुषा । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाको महत्वबारे जोड दिएका छन् ।
बिहीबार जिल्लामा नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयको संयोजनमा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले एक कप चिया नखाएर भए पनि जीवन तथा निर्जीवन बीमा गर्न सबैलाई आग्रह गरे ।
समय अनुसार सबै कुरा परिवर्तनशील भएकाले रकम बचत गरेर घर, कृषिबाली र पशुको बीमा गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा सहभागीहरूले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको, बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको, चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका गुनासा गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले कृषि बीमाका लागि बीमा अभिकर्ता वडा वडामा जानुपर्ने, बीमाका बारेमा जानकारी अभावका कारण बीमा गरेपछि भुक्तानी पाइँदैन भन्ने सोचाई रहेको, दाबी भुक्तानी प्रक्रिया झण्झटिलो रहेको समेत धारणा राखेका छन् ।
कार्यक्रमहरुमा नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले पालिकाका कर्मचारी र भवनको बीमा गर्न, बीमालाई कार्यक्रममा नै समावेश गर्न, न्यून आय भएका वर्ग पहिचान गरी नमुनाका रूपमा बीमा गर्न गाउँपालिकाहरुलाई आग्रह गरे ।
एउटा गाई, एउटा भैंसीको मात्र पनि बीमा गर्न सकिने भएकाले गाई, भैंसी, बाख्राको बीमा गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइनेमा ढुक्क हुन सबैलाई उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण