सडक बिस्तारले पनि रोकेन रुपन्देहीमा सवारी दुर्घटना

रुपन्देही । रुपन्देहीमा सडक बिस्तारसँगै दुर्घटना पनि बढेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रिवर्षीय सवारी दुर्घटनाको तथ्याङ्कअनुसार पछिल्लो समयमा सडक बिस्तारसँगै दुर्घटना पनि बढेको हो ।
यस्तै मृतकको संख्यामा पनि वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७–०७८मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए । घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भीर घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७८–०७९मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो । २३० जना घाइतेमध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भीर घाइते भएका थिए ।
यस्तै चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा सडक दुर्घटना भएको छ । जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढेको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण भने चालकको लापरबाही रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार रुपन्देहीमा सबैभन्दा बढी दुर्घटना छ लेन सडक खण्डमा हुने गरेका छन् । सबैभन्दा बढी दुर्घटना सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको छ लेन सडक खण्डमा हुने गरेको उनले बताए । सो खण्डमा सवारी साधनको तीव्र गतिका कारण दुर्घटना बढी हुने गरेको उनले जनाएका छन् ।
प्रहरीले सवारी नियम मिच्नेलाई जरिवाना गरेर राजश्व पनि संकलन गरेको छ । आर्थिक वर्ष २०७६–०७७मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारबाही गरेर १ करोड ८० लाख जरिवाना बुझेको छ ।
यस्तै आर्थिक २०७७–०७८मा यो संख्यामा वृद्धि भई ५८ हजार १ सय ८४ सवारीसधानलाई कारबाही गर्दा ५ करोड ७३ लाख राजस्व जरिवाना स्वरुप संकलन भएको छ भने आर्थिक वर्ष २०७८–०७९ मा ६५ हजार ९सय ५० वटा सवारीसाधनलाई कारबाही गर्दा ६ करोड ९१ लाख राजश्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको पौष मसान्तसम्म पनि कार्यालयले २२ हजार २ सय पचास सवारीसाधनलाई कारबाही गरेर २ करोड १३ लाख राजश्व जरिवाना बापत संकलन गरिसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : विजेतालाई ५० करोड र उपविजेतालाई ३० करोड नगद पुरस्कार
-
'सगरमाथा संवाद' उद्घाटन (लाइभ)
-
परापूर्वकालदेखि नै राज्य निर्माणमा मुस्लिम समुदायको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति
-
चेतना अभावले गम्भीर बन्दै ‘डोपिङ’ समस्या, न नीति छ, न पर्याप्त बजेट
-
नेपाली खेलकुदमा डोपिङसम्बन्धी चेतना अभाव छ
-
खेल हङ्कङ र बहराइनबिच, नतिजाको प्रतीक्षामा नेपाल