शाहीप्रति लक्षित गर्दै कर्णालीका मुख्यमन्त्रीले भने– ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन’

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफु कसैसँग जुहारी खेल्ने पक्षमा नरहेको बताएका छन् । पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लक्षित गर्दै शर्माले यस्तो बताएका हुन् । शनिबार प्रदेशसभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै शर्माले दिन काम होइन मन कामलाई ध्यान दिएर अघि बढ्ने उद्देश्य आफ्नो रहेको बताए ।
‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन, बोल्नुभन्दा बढी काम गर्न रुचाउने मान्छे हो,’ शर्माले भने,‘ आज बोल्नेहरुले हिजो के गरियो ? भन्ने कुराहरुको समीक्षा गरेर बोल्नुपर्छ ।’ शर्माभन्दा पहिला बोलेका कांग्रेस नेता शाहीले शर्मालाई लक्षित गर्दै मन्तव्य राखेका थिए । मुख्यमन्त्री शर्माले तर्कलाई बंग्याएर समाज अघि बढ्न नसक्ने बताए । उनले भने,‘ दोहोरी खेल्नु छैन, हामी कर्णाली समृद्धिको अभियानमा छौँ । एकताका माध्यमबाट अघि बढ्नुपर्छ । सम्भवत राष्ट्रिय मार्ग पनि यही हो । परम्पराको पुच्छर समायर दौडिने पक्षमा म छैन ।’
साथै शर्माले संघीयता राम्रोसँग लागु नभएको तर्क राखे । अझ प्रशासनिक संघीयताको स्थिति जर्जर देखिएको समेत उनको भनाई छ । शर्माले समाजवाद उन्मुखतर्फ छलफलहरु केन्द्रीत हुन् जरुरी रहेको बताए । ‘आजका आवाश्यकतालाई बोध गर्ने कुरा र समस्यालाई समाधान गर्न केन्द्रीकृत भएर अघि बढ्नुपर्छ,’ उनले भने,‘ म जनताको काममै समप्रित छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर महानगरपालिका र धरान उपमहानगरबीचको सहकार्यबारे छलफल
-
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
-
विद्यार्थी संगठन स्वार्थ केन्द्रित राजनीतिमा, निरन्तरका बैठक निष्कर्षविहीन
-
संसदमा ढ्यापढ्यापे समयको नाम फेर्न संशोधन प्रस्ताव
-
समावेशी लोकतन्त्रको सिद्धान्तअनुसार सञ्चार नीति ल्याउनुपर्छ : उपमहासचिव गुरुङ
-
तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम