४ महिनामा ७६ कम्पनी राजश्व अनुसन्धानको कारबाहीमा, ६५ करोड सजाय मागदाबी
काठमाडौँ । राजश्व अनुसन्धान विभागले ४ महिनाको अवधिमा १४ जनालाई कारबाही गरेको छ । विभागको महानिर्देशककारुपमा आएपछि मदन दाहालको नेतृत्वमा राजश्व छल्न खोज्ने र विदेशी विनिमयको अपचलन गर्न खोज्ने उक्त संख्याका फर्म र व्यक्तीहरुलाई कारबाही गरेको हो ।
विभागले कात्तिक १६ गतेदेखि हालसम्म राजश्व चुहावटतर्फ ८ जनालाई र विदेशी विनिमयतर्फ ६ जनालाई कारबाही गरेको जानकारी दिएको छ । राजश्व चुहावटतर्फ ६ जनालाई कारबाही गर्दै ६४ करोड ३१ लाख रुपैयाँ सजाय माग दाबी गरिएको छ । यस्तै, विदेशी विनिमयतर्फ ६ जनालाई कारबाही गर्दै ५२ लाख ३३ हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।
यस्तै, विभागले यस अवधिमा अन्य निकायमा लेखी पठाएको संख्या ७६ छ । अर्थात ७६ वटा फर्म तथा व्यवसायीहरुले राजश्व छली गरेको पाइएपछि अन्य निकायमा लेखी पठाइएको हो । उनीहरुबाट ६ करोड ९२ लाख ६७ हजार रुपैयाँ माग दाबीको सिफारिस गरिएको छ ।
यसका साथै, हालसम्म भेहिकल ट्र्याकिङ प्रणाली (भीसीटीएस)मा आबद्ध सवारीहरुको संख्या १ लाख ९० हजार १४२ पुुगेको छ । यस्तै, यस अवधिमा ७६ वटा फर्म तथा व्यवसायको अनुुगमन गरिएको छ भने उनीहरुबाट ५८ लाख १८ हजार रुपैयाँ अशूल भएको दाहालले जानकारी दिएका छन् ।
हाल उनी विभागबाट सरुवा भइसकेका छन् । सोहीकारण, प्रेस विज्ञप्तीमार्फत दाहालले आफ्नो कार्यअवधिमा भए÷गरेका कामको जानकारी दिएका हुन् । हालसम्म विभागमा आउने महानिर्देशकको टुंगो नलागिसकेको सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण