सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्छ : उपमहासचिव गुरुङ
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् ।
उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे ।
उपमहासचिव गुरुङले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’
उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा काँग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण