सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्छ : उपमहासचिव गुरुङ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् ।
उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे ।
उपमहासचिव गुरुङले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’
उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा काँग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने