रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक
काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताए । उनले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाहरुले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरुलाई समेटिएको बताए ।
उनले समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको बताए । उनले गीतले आफ्नो जीवनको केही अंश प्रस्तुत गरेको बताए । उनले कहिले काहीँ जन्म दिनेभन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताए ।
गायक ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।
गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ ।
विधान कार्कीले निर्देशन गरेको भिडियोका छायाँकार उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गरेका हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्शन डिजाइन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण