आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

सोमबार, २३ माघ २०७९, १४ : ५४
सोमबार, २३ माघ २०७९

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । 

बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधीहरू, दैनिक खानाका लागि अत्यावश्यक सामाग्रीहरू साथै विविध सरसफाइका सामाग्रीहरू हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सहारा विहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

त्यस्तैगरि बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल आठ सय विद्यार्थाी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीको फिल्टर प्रदान गरेको हो ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप