सीइओ शेरचनकै पक्षमा उच्च अदालतको फैसला, अझै दुई कार्यकाल बैंकको नेतृत्व गर्न पाउने
सोमबार, २३ माघ २०७९, १९ : २५
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको पक्षमा उच्च अदालत पाटनले फैसला गरेको छ ।
सोमबार सीईओ शेरचनको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले शेरचनले अझैं दुई कार्यकाल बैंकको सीइओका रुपमा काम गर्न सक्ने फैसला गरेको हो ।
उच्च अदालत पाटनले उनको कार्यकाल र नियुक्तिलाई लिएर हालिएको रिटमा अन्तरिम फैसला दिनु नपर्ने बताएको छ ।
सिइओ शेरचनले अवैधानिक रुपमा तेस्रो कार्यकालका लागि नियुक्ति लिएको भन्दै गत माघ १३ गते अधिवक्ता अनिता थापा केसीले नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्रामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले सोमबार सिइओ शेरचनको पक्षमा फैसला गरिदिएको हो ।
योसँगै सिइओ शेरचनलाई प्रभु बैंकको कार्यकारी प्रमुखको रुपमा काम गर्न बाटो खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण