पोखरा महानगरका सहकारी सञ्चालक समितिको कार्यकाल ४ वर्ष
सोमबार, २३ माघ २०७९, २० : ४४
पोखरा । पोखरा महानगरपालिकाले पोखराका सहकारी सञ्चालक समितिको कार्यकाल ४ वर्ष हुने कानुनी व्यवस्था गरेको छ ।
महानगरले आफ्नो पालिकामा दर्ता भई सञ्चालित सहकारी सञ्चालक समितिको कार्यकाल ३ वर्षबाट बढाएर ४ वर्ष पुर्याएको हो ।
महानगरको १२ औं नगरसभाले सोमबार सहकारी सञ्चालन ऐन सम्बन्धी कानुन संशोधन गरेको छ ।
उक्त संशोधनपछि अब महानगरभित्र सञ्चालित सहकारीका सञ्चालक समितिको कार्यकाल ४ वर्ष हुने भएको छ ।
यस्तै सभाले वडाका योजनाहरुको रकमान्तरसमेत गरेको छ । पोखरा महानगरका ३३ वडाबाट कुल ४ सय ८६ वटा योजनाका लागि रकमान्तर गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण