शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वुमन्स प्रिमियर लिगको अक्सनमा नेपाली खेलाडी परेनन्

बुधबार, २५ माघ २०७९, ०९ : ३०
बुधबार, २५ माघ २०७९

काठमाडौँ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । 

नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराए पनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन् । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन् ।

बिसिसिआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप