एमालेका कमिटी र जनसंगठनको लेखा परीक्षण अनुगमन हुने
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्था विपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गरेको छ । गत साता लुम्बिनीमा बसेको बैठकको निर्णयअनुसार पार्टीलाई सो आग्रह गरिएको आयोगका अध्यक्ष डा पुष्पराज कँडेलले बताए ।
सो बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालू आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनका लागि प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसङ्गठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसङ्गठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको थियो ।
बैठकले सम्पूर्ण पार्टी कमिटी र जनसङ्गठनको लेखा परीक्षण तथा अनुगमन गर्ने, कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्ने गरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पनि पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी स्थगित
यसैबीच यही माघ २९ र फागुन १ गतेका लागि तय भएको एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक स्थगन भएको छ । केन्द्रीय कमिटीको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण