फ्रेन्च कपबाट बाहिरियो पीएसजी
काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ। अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो । पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः १४ औं पटक फ्रेन्च कप उपाधि विजेता पिएसजी बाहिरिनुपरेको हो ।
खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाए पनि तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउन सफल भएका थिए।
तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाए। त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइदिए । मेसी र नेइमार जस्ता खेलाडीको आक्रमणलाई पनि मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधिको यात्रा टुंगिन पुगेको थियो ।
फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण