माओवादीको जम्बो केन्द्रीय कमिटीमा एमालेका नेताको नाम समेटियो
बिहीबार, २६ माघ २०७९, १२ : १७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिमा नेकपा एमालेका नेता यमबहादुर परियारको नाम समेटिएको छ । गत भदौमा माओवादी केन्द्रबाट परियार एमाले प्रवेश गरेका थिए ।
माओवादी केन्द्रको पछिल्लो सर्कुलरमा २४६ जनाको सूचीमा परियारको नाम समेटिएको छ । परियार भन्दा अघि मुक्ति प्रधानको नाम समेटिएको छ भने उनी भन्दा पछि यशोदा न्यौपानेको नाम राखिएको छ ।
परियारले माओवादी पार्टी पहिल्यै परित्याग गरेको माओवादी चितवनका जिल्ला संयोजक आरसी अधिकारीले बताए । उनी एमाले केन्द्रीय कमिटीमा समेटिएको उनले बताए । परियार माओवादी हुँदा चितवनमा सक्रिय थिए ।
माओवादी कुल ३८६ जना केन्द्रीय सदस्य छन् भने वैकल्पिक केन्द्रीय सदस्य २०२ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण