मोटरसाइकल दुर्घटनामा पूर्व गाविस अध्यक्ष साहको मृत्यु
बारा । सिम्रौनगढमा भएको मोटरसाइकल दुर्घटनामा परेर नेकपा एमालेका कार्यकर्ता एवं साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको बिहीबार साँझ मृत्यु भएको छ । साहले चलाएको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको अर्को मोटरसाइकसँग ठोक्किँदा उनको साँझ ६ बजे घटनास्थलमा नै मृत्यु भएको हो ।
सिम्रौनगढ बजारबाट ना १ प ६८८८ नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमा नै मृत्यु भएको सिम्रौनगढ प्रहरीले जानकारी दिएको छ ।
घटनामा अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा ४ गंगानगरका २२ बर्षिय वाल्मीकी यादवले समान्य घाइतेसमेत भएका छन । उनको कलैया प्रदेशिक अस्पतालमा उपचार भइरहेकोे ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ । साह ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण