नक्कली कागजातहरू बनाई कीर्ते गर्ने एक पुरुष पक्राउ
शुक्रबार, २७ माघ २०७९, १६ : ४०
काठमाडौँ । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघ–संस्थाका प्रमाणपत्रहरू फेला पारेको हो ।
उनीउपर लिखतसम्बन्धी कसुरमाथि थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण