ठूला पार्टीको वैकल्पिक शक्ति हाम्रो पार्टी बन्यो : नेता पाण्डे
शुक्रबार, २७ माघ २०७९, १९ : ००
काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् ।
शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परिणामस्वरूप आज मुख्य मानिएका दलहरू बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे । उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए ।
उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए ।
नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरूसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण