सामान्य प्रशासन मन्त्रालयले भन्यो–कर्मचारीको पदस्थापन गर्दा अनिवार्य सहमति लिनू
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीकाे पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन परिपत्र गरेको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभागीय प्रमुखको पदमा पदस्थापन गर्नुपर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन निर्देशन दिएको हो । यसअघिको उक्त व्यवस्था लागु नभएको भन्दै मन्त्रालयले अब भने मन्त्रालयको अनिवार्य अनुमति लिन निर्देशन दिएको छ ।
यस्तै मन्त्रालयले कर्मचारीको तोकिएको न्यूनतम सेवा अवधि नपुगी सरुवा गर्नु परेमा पनि मन्त्रालयको सहमति लिन भनेको छ । स्वीकृत दरबन्दीको पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणी/तहको कर्मचारीलाई खटाइएको पाइएको भन्दै मन्त्रालयले परिपत्र जारी गरेको ७ दिनभित्र स्वीकृत दरबन्दी अनुसारको कर्मचारी खटाई मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।
यस्तै सरुवा/कामकाजमा खटाइएको ठाउँमा नगएका कर्मचारीको विवरण पनि ७ दिनभित्र मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण