भलिबलको उपाधि घोराही उपमहानगरपालिकालाई
दाङ । स्वर्गीय खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले हात पारेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व खड्काको सम्झनामा आयोजना गरिएको अन्तरपालिका भलिबलको उपाधि यसवर्ष घोराहीले हात पारेको हो । घोराहीस्थित सहिद मञ्चमा भएको प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिकालाई ३–२ को सेटमा हराउँदै उपाधि घोराहीले हासिल गरेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको घोराहीले नगद दुई लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विभागीय नेपाल प्रहरी क्लबका खेलाडी रहेका रविन चन्द र विशाल विश्वकर्माको उत्कृष्ट प्रर्दशनले घोराहीले २५–२७, २५–१६ १९–२५, २५–१२ र १५–९ को सेटमा जित निकाल्न सफल भएको हो ।
उपविजेता लमही नगरपालिकाले नगद रु एक लाख १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा शान्तिनगर गाउँपालिका तेस्रो र राजपुर गाउँपलिका सान्त्वना भएका छन् । तेस्रो भएको शान्तिनगर गाउँपालिकाको टिमले नगद ५६ हजार दुई सय ५० र सान्त्वना भएको राजपुर गाउँपालिकाको टिमले नगद रु १३ हजार एक सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा घोराहीका रविन चन्द, उत्कृष्ट कोचमा घोराहीका ओकबहादुर विक, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट सेटरमा घोराहीका विज्ञान थापा, उत्कृष्ट सर्बरमा लमहीका दीपेन्द्र कुमाल, उत्कृष्ट लिब्रोमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट ब्लकरमा घोराहीका विशालबहादुर विश्वकर्मालाई पुरस्कृत गरिएको थियो ।
विजेता टिम तथा खेलाडीलाई नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं पूर्वसिँचाइ राज्यमन्त्री अमर पुन, राष्ट्रियसभा सदस्य अनिता देवकोटालगायतले पुरस्कार प्रदान गरेका थिए । यही माघ २० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका खेलाडीको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता गत वर्षदेखि आयोजना गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण