'पिरिम नलाउने' गीतलाई १० करोड भ्युज, केक काटेर खुसीयाली मनाइयो
काठमाडौँ । गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको 'पिरिम नलाउने' बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुसीयाली मनाइएको छ । पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुसीयाली मनाएको हो ।
सो अवसरमा बोल्दै वरिष्ठ सङ्गीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै मनमुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए । उनले गायक आशिष र सङ्गीतकार दीपक शर्माको जमेको जोडीको पनि प्रशंसा गर्न छुटाएनन् । कार्यक्रममा बोल्दै गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुसीको सिमाना नरहेको बताए । उनले 'पिरिम नलाउने' को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए ।
त्यस्तै सङ्गीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आफू पनि सबैको मन मनमा जोडिन पाएकोमा खुसी व्यक्त गरे । भिडियोका निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायाङ्कन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए । गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज, उत्सव दाहालको छायाङ्कन, नवीन निरौलाको सम्पादन रहेको छ । जसमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
-
खामेनीको हत्याको बदला अवश्य लिइन्छ : आईआरजीसी प्रमुख
-
वन्यजन्तुको क्षतिबापत बीमा दिने तयारीमा सरकार
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण