आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

३० जना स्याउ किसानलाई कृषि सामाग्री हस्तान्तरण

शनिबार, २८ माघ २०७९, २० : ३४
शनिबार, २८ माघ २०७९

 जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाका ३० जना स्याउ किसानले कृषि सामाग्री पाएका छन्।व्यवसायिक किसानहरुले कृषि सामाग्री पाएका हुन्।

गाउँपालिका अन्तर्गतको कृषि शाखाका आर्थिक सहयोगमा गाउँपालिका भरिएका ३० जना कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखाका प्रमुख उमेश न्यौपाने बताए।

कृषि शाखाले यही माघ १५ गतेदेखि २२  गतेसम्म सूचना निकाले थियोे ।जसमध्ये ३० जना किसानकाे निवेदन परेको थियो।

गाउँपालिका भित्र १ देखि ५ वडा छन्। गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, स्टाेर शाखा प्रमुख मोतीप्रसाद जैशी र कृषि शाखा प्रमुख उमेश न्याैपानेकाे उपस्थितिमा वितरण गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप