एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार
काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए ।
गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसईईमा जीपीए ४।० प्राप्त गर्नेलाई एक लाख रुपियाँ, जीपीए ३।६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपियाँ र जीपीए ३।२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
सो वडामा माध्यमिक तहको पठनपाठन हुने सर्वोद्धार माध्यमिक विद्यालय मात्र छ । तसर्थ सो पुरस्कारको कार्यक्रम सोही विद्यालयमा मात्र सीमित हुनेछ । उनले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए ।
अहिलेसम्म सो विद्यालयका विद्यार्थीले माथिल्लो जीपीए प्राप्त गर्न सकेका छैनन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण