सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्धवार्षिक समीक्षा

कोरोना रोकथामका लागि हालसम्म ३७ अर्ब खर्च, कुन वर्ष कति ?

आइतबार, २९ माघ २०७९, १६ : ५६
आइतबार, २९ माघ २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा जम्मा ७ लाख रुपैयाँ खर्च भएको छ । अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणका लागि १५ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको थियो । तर, कोरोना महामारी कमजोर बन्दै जाँदा विनियोजित बजेटको १ प्रतिशत पनि खर्च नभएको हो ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रणका लाग २ अर्ब १७ करोड ९५ लाख रुपैयाँ खर्च भएको थियो । जबकि, उक्त वर्ष कोरोना महामारी नियन्त्रणका लागि ३ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ विनियोजन भएको थियो । यसका साथै, आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारी नियन्त्रणका लागि १२ अर्ब ५६ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । उक्त वर्ष महामारी नियन्त्रणका लागि सरकारले १६ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा महामारी नियन्त्रणका लागि २२ अर्ब २१ करोड ३४ लाख रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । उक्त वर्ष सरकारले कोरोना नियन्त्रणका लागि भन्दै ३८ अर्ब ९६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

महामारी नियन्त्रणका लागि हालसम्म सरकारले ३७ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । हालसम्म यो शीर्षकमा कूल ७४ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ विनियोन गरेको छ । तर, विनियोजित रकमको ५० प्रतिशत आसपास मात्रै खर्च भएको तथ्यांकले देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप