स्रोत नखुलेको ८ लाख रकम हेलमेटमा लुकाएर हिँडेका युवक पक्राउ
आइतबार, २९ माघ २०७९, १८ : ४५
काठमाडौं । स्रोत नखुलेको रकमसहित भारतबाट नेपाल आउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले पर्साको वीरगन्जबाट पक्राउ गरेको छ ।
वीरगन्ज महानगरापालिका–१६ स्थित शंकराचार्य गेटबाट २५ वर्षीय रामप्रवेश कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
हेलमेटमा लुकाएर ल्याएको अवस्थामा उनको साथबाट बिओपी बीरगञ्जबाट खटिएको टोलीले ८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।
आरोपीले सो रकमको स्रोत खुलाउने सकेका छैनन् । रामप्रवेश वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्दै आएका छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको एसएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण