शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेको ‘मिसन ग्रासरुट’ : सातै उपाध्यक्ष र सचिव को-कहाँ खटिँदैछन् ?

सोमबार, ०१ फागुन २०७९, १७ : ४८
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । नेकपा (एमाले) ले ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत सात उपाध्यक्ष र सात सचिवलाई जिम्मेवारीसहित क्षेत्र तोकेको छ । दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्र्तगत एमालेले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान शुरु गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु हुनेछ ।

सचिवालयको निर्णयअनुसार अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा खटाइएका नेताहरुको हालै बसेको बैठकले शीर्ष नेताहरुको समेत क्षेत्र निर्धारण गरेको छ । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाएको हो ।  अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ । जसअन्र्तगत उनीहरुलाई ११ वटा कार्यदेश तोकिएको छ ।

‘११ वटा कार्यदेशमा सदस्यता नवीकरण गर्ने, पार्टी कमिटीहरुको व्यवस्थापन गर्ने, प्रशिक्षण गर्ने, भेला, बैठक अन्तरक्रिया, स्थानीय समस्या बुझ्ने, पार्टीभित्रको अन्तरविरोध हेर्ने र हल समेत गर्ने लगायत छन्’, सचिव योगेश भट्टराईले जानकारी दिए ।   अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने छन् ।

कुन नेता कहाँको जिम्मेवारी ?
प्रदेश–१
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।
मधेश प्रदेश
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल
बागमती प्रदेश
उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ
गण्डकी प्रदेश
उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा
लुम्बिनी प्रदेश
उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।
कर्णाली प्रदेश
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी
सुदूरपश्चिम प्रदेश
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय)
महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा.भीष्म अधिकारी ।

बैठक स्थगित गरेर नेताहरु जिल्लामा
गत माघ २६ गते बसेको एमाले सचिवालय बैठकले २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो । एमालेले माघ २९ र फागुन १ गते बोलाएको केन्द्रीय कमिटी बैठक नै स्थगित गरेर नेताहरुलाई ‘मिसन ग्रासरुट’ अभियानमा खटाएको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप