कोका–कोलाद्वारा चार्ज्ड नामक नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक
काठमाडौँ । कोका–कोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार एलओडीमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा सो इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो ।
यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्ने जनाइएको छ । चार्ज्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”
त्यस्तै बोतलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भने, “आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।”
चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटि लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएको कम्पनीले जनाएको छ । चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण